• मंगलबार, साउन १२ २०८३

पत्रकार महासंघ गण्डकी प्रदेशको सचिवमा गोरखा श्रेष्ठ र कोषाध्यक्षमा न्यौपाने निर्वाचित


शुक्रबार, चैत्र २७ २०७७
775
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सचिव र कोषाध्यक्षमा गोरखाका दुई जना पत्रकार निर्वाचित भएका छन् ।

पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सदस्य शुशिलबाबु श्रेष्ठ ५२४ ल्याएर समावेशी सचिव पदमा निर्वाचित भएका हुन् । पूर्व प्रदेश सदस्य गोरखाका पत्रकार राजेन्द्र न्यौपाने भने ४५३ मत ल्याएर कोषाध्यक्ष बनेका छन् ।

अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् बुधबार प्रदेशका ११ जिल्लामा सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट उमेदवार बनेका शर्माले ५३८ मत ल्याएर निर्वाचित भएका हुन् । प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका उनका प्रतिस्पर्धी दिपेन्द्र श्रेष्ठले ४१४ मत ल्याएर पराजित भएका छन् । शर्मा र श्रेष्ठबीचको मतान्तर १२४ रहेको छ ।

विजयी भएका शर्मा नवलपरासीमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । त्यसैगरी शर्मासँग पराजित श्रेष्ठ यसअघि पत्रकार महासंघ कास्कीको अध्यक्ष भएका थिए ।त्यसैगरी महासंघ प्रदेशको खुल्ला उपाध्यक्षमा दिपक भट्टराईले ५२२ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कास्कीका इन्द्र पौडेलले ४०८ मत पाएर पराजय भएका छन् ।

महिला उपाध्यक्षमा सोनी शर्मा (५५२),महासचिवमा गोविन्द सुवेदी (५७३), खुल्ला सचिबमा यदुनाथ बन्जरा खुल्ला सदस्यहरूमा क्रमश ताराप्रसाद शर्मा (६०९), परशुराम शर्मा आचार्य (६०६),प्रकाश डोटेल(६०५),प्रदिप पौडेल (६६७),रमेश वास्ताकोटी (५३२),लोक बहादुर सुनार (५३४),शुनिल पाण्डे (६२६) मत ल्याएर विजयी भएका छन् । त्यस्तै महिला सदस्यहरूमा रञ्जिता शर्मा (५५५),राधिका शर्मा कंडेल(६१८) र रोशनी गुरुङ (५६९) मत पाएर विजयी भएका छन् ।

दलितमा साने बहादुर नेपाली, आदिवासी जनजातिमा रामजी राना र रुद्ध बहादुर थापा,अल्पसंख्यकमा पदम छन्त्याल निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार