• बुधबार, साउन १३ २०८३

पत्रकार महासंघ गोरखामा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण


शुक्रबार, चैत्र २७ २०७७
735
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

बिहीबार एक कार्यक्रमका वीच निवर्तमान अध्यक्ष किशोरजंग थापाले बैठक पुस्तिका हस्तान्तरण गर्दै नवनिर्वाचित अध्यक्ष नरहरि सापकोटालाई पदभार बुझाएका थिए ।

यस अघि निर्वाचन समितिले अध्यक्ष सापकोटा, उपाध्यक्षद्वय नरेन्द्र ढकाल र रेनु श्रेष्ठ, सचिव विकास मरहट्टा, सह सचिवद्वय गुणराज रोका र केशव गुरुङ, कोषाध्यक्ष मोहसिन अलि मियाँ सदस्यहरु दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने, सन्दिप सुनार, सस्मिता पन्त र उद्धव कुमाल नयाँ कार्यालयका लागि चयन भएको औपचारिक घोषणा गरेको थियो ।

उनीहरुलाई निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडी, सदस्य शिवप्रसाद उप्रेती, किरणकुमार लोहनी र निर्वतमान अध्यक्ष किशोरजंग थापाले सयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नुका साथै अबिर एवं खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सापकोटा, निवर्तमान अध्यक्ष किशोरजंग थापा र निर्वाचन संयोजक दुवाडीले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार