• आइतबार, असोज ११ २०८३

प्रतिनिधिसभामा शान्ता चौधरीको कविता— कठैबरा कसले होला पुछिदिने आँशु


बिहिबार, चैत्र २६ २०७७
770
Shares


काठमाडौं । सत्तारूढ नेकपा एमालेकी सांसद शान्ता चौधरीले प्रतिनिधिसभा बैठकको शून्य समयमा कविता पढेर सुनाएकी छन्। बिहिबार बसेको प्रतिनिधि सभाको बैठक अन्तर्गत सून्य समयमा उनले कविता सुनाएकी हुन्।

पढ्नुहोस् उनको कविता:

विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु
सरकार विकास गर्छ
जनतालाई हँसाउछ, खुसी दिन्छ
तर विकास विरोधीहरुको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्रीको जब देशभरी जनलहर आउँछ
तव विरोधीहरुको निन्द्रा हराउँछ

विकासप्रेमीहरु अहिले खुसीले गदगद छन्
सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज पाउँदैछ
गौतम बुद्ध विमानस्थल सम्पन्न भयो
धरहरा मुसुक्क मुस्कुरायो
कोही भन्दैछन् जनता हाँस्दा म कसरी हाँसु
कठैबरा कसले होला पुछिदिने आँशु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार