• मंगलबार, साउन १२ २०८३

पत्रकार महासंघ गोरखाकाे अध्यक्षमा सापकोटा विजयी


बुधबार, चैत्र २५ २०७७
825
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उपसभापति समेत रहेका सापकाेटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै विजयी बनेका हुन ।

२९ जना सदस्य रहेकाे गोरखा शाखामा सापकाेटाले १७ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले १२ मत प्राप्त गरेका थिए।

महासंघकाे छैटाै अधिवेशनबाट दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुई सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

जसमा खुलातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै सदस्य (खुला) तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक दुवाडीले जानकारी दिए। 

त्यस्तै केन्द्रिय परिषद सदस्यमा किशाेरजंग थापा र प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठ चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार