• आइतबार, असोज ११ २०८३

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले दिए राजीनामा


बुधबार, चैत्र २५ २०७७
1K
Shares

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले बताए ।

मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार