• मंगलबार, साउन १२ २०८३

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै


बुधबार, चैत्र २५ २०७७
710
Shares


पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् ।

माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ । सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने एक सांसदले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार