• मंगलबार, साउन १२ २०८३

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


बुधबार, चैत्र २५ २०७७
595
Shares


नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि जिल्ला, प्रदेश र केन्द्रीय समितिको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।

तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन हुन लागेको हो ।


गोरखामा पनि पत्रकार महासंघको जिल्ला शाखा कार्यालयमा बिहान नौ बजेदेखिनै मतदान कार्यक्रम सुरु भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।

गोरखा शाखाका लागि अध्यक्ष पदको मात्र निर्वाचन हुदैछ । अध्यक्ष पदका लागि अनुपमा खनाल, दीपक श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका छन् ।

दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुई सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

खुल्लातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्य (खुल्ला)तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका संयोजक दुवाडीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार