• मंगलबार, साउन १२ २०८३

एमालेका तीन मन्त्रीले दिए संयुक्तरुपमा राजीनामा


मंगलबार, चैत्र २४ २०७७
805
Shares


कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन्।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।

तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार