• आइतबार, असोज ११ २०८३

बागमती प्रदेशमा नेपाल समूहले बनायो समानान्तर कमिटी


मंगलबार, चैत्र २४ २०७७
675
Shares


काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ।

केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल—माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।

अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार