• मंगलबार, साउन १२ २०८३

मन्त्री आङ्बुहाङको सांसद पद खोसियो


सोमबार, चैत्र २३ २०७७
685
Shares


विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ ।

मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो।
सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ ।

पार्टी परित्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी जनयुद्ध लडेका उनी एमाले प्रवेश लगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार