• आइतबार, असोज ११ २०८३

ओलीले प्रधानमन्त्री छाड्नुपरे कुर्सी नै भाँच्छन् : नेपाल


आइतबार, चैत्र २२ २०७७
850
Shares


काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको आरोप लगाएका छन् ।

‘०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । सहमतिका लागि मलाई मध्यस्थता गर्न बोलाइएको थियो’ आइतबार आफू निकट काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा उनले भने, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।’

यसपटक पनि आफू संकटमा परेपछि ओलीले संसद् नै विघटन गरेको नेपालले बताए । नेपालले ओलीसामू नझुक्ने पनि स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार