• आइतबार, असोज ११ २०८३

प्रेस सेन्टरले पत्रकार महासंघ गोरखाको अध्यक्षमा दिपक श्रेष्ठलाई उठाउने


शनिबार, चैत्र २१ २०७७
1K
Shares

गोरखा । प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघ गोरखाकाे अध्यक्षमा दिपक श्रेष्ठलाई उम्मेदवार बनाउने भएकाे छ । आगामी चैत २५ गते हुने अधिवेशनको लागि गोरखा जिल्ला अध्यक्षमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएकाे हाे ।

प्रेस संगठन गोरखाले शनिबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको बर्तमान उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई अध्यक्ष पदमा उठाउने जनाएकाे छ । श्रेष्ठ रासससहित रेडियाे मनासलुमा आवद्ध छन् ।

‘गोरखा जिल्लामा भने सहमति र सहकार्यका साथ गोरखाली पत्रकारहरु पेशागत हकहित तथा सुरक्षा सवालमा एकजुट छन् भन्ने सन्देश प्रवाह गर्न गोरखा जिल्ला पत्रकार महासंघ विगतदेखि नै सफल भएको गौरवपूर्ण ऐतिहासिक विरासत हाम्रा सामु कायम रहेको छ’ प्रेस सेन्टरका अध्यक्ष गुण बहादुर रोकाद्धारा बिज्ञप्तिमा भनिएको छ ‘प्रेस सेन्टर यही बिरासतलाई अक्षुण राख्दै सर्वसम्मत ढंगबाट अघि बढ्न प्रतिबद्ध छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार