• आइतबार, असोज ११ २०८३

प्रधानमन्त्रीको घोषणा : ३ वर्षभित्रमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा


शुक्रबार, चैत्र २० २०७७
855
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’

उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार