• मंगलबार, साउन १२ २०८३

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला


बिहिबार, चैत्र १९ २०७७
995
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो।

गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो। साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो।

सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वोच्च गएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार