• मंगलबार, साउन १२ २०८३

पारस शाह चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण


बुधबार, चैत्र १८ २०७७
715
Shares

तनहुँ । पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टीको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए। ‘प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदै छ, विस्तृत विवरण केहीबेरमा आउनेछ’, उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार