• आइतबार, असोज ११ २०८३

मुख्यमन्त्री पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता


बुधबार, चैत्र १८ २०७७
735
Shares


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ।

गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्ताव प्रदेश सभामा टेबुलसमेत भएको थियो।

तर मंगलबार प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ।

नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन्।

‘त्यसबेला फरक परिस्थितमा अविश्वास प्रस्ताव दिइएको थियो। अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेका हौं,’ उनले भनिन्।

उनीहरूले त्यसबेला पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए।

गत फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार