• मंगलबार, साउन १२ २०८३

साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छः प्रधानमन्त्री


मंगलबार, चैत्र १७ २०७७
525
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गते देखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन्।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए।

उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन्।

हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको उनले बताए। उनले सडक सबै ठाउँमा पुर्‍याइँने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए।

सरकारले एकैपटक ३०९ अस्पताल शिलान्यास गरेको पनि उनले बताए। २१० सडक एकैपटक शिलान्यास गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।

पाँच हजार विद्यालयलाई पूर्वाधार विकासका लागि बजेट वितरण गरिने उनको भनाइ थियो। पाँच अर्बभन्दा बढी रकम शिक्षामा छिट्टै लगानी गरिने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार