गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ ।

जिल्ला कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका संयोजक शिशिर पोखरेलको सोमबार चितवनमा उपचारको क्रममा निधन भएको हो ।
कलेजो सम्बन्धी समस्या उत्पन्न भएपछि पोखरेल लामो समयदेखि चितवनमा उपचाररत थिए । पोखरेलको उपचारको क्रममा चितवनमा नै निधन भएको जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए ।

बारपाक सुलीकोट गाउँपालिका ५ ताकुमाझ लाँकुरीबोट निबासी ४५ बर्षका पोखरेल मौरीले चिलेपछि बिगत तीन महिनादेखि बिरामी थिए ।
