• आइतबार, असोज ११ २०८३

नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्ड पुगे सर्वोच्च अदालत


मंगलबार, चैत्र १७ २०७७
785
Shares

काठमाडौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचणड’ पुनरावलोकन दिन सर्वोच्च अदालत पुगेका छन्।

पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित सर्वोच्च अदालत पुगेका हुन्।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार