• बुधबार, साउन १३ २०८३

गोरखामा एमालेको समानान्तर कमिटी गठन


मंगलबार, चैत्र १७ २०७७
1.1K
Shares

गोरखा । नेकपा एमालेका खनाल—नेपाल पक्षले गोरखामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । यस अघि बस्नेत जिल्ला उपाध्यक्ष थिए ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ ।

सचिवालय सदस्यहरुमा बस्नेत, विशेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, द्रोणचार्य तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

भेलाले सबै स्थानीय तहमा समानान्तर कमिटी गठन गर्ने निर्णय समेत गरेको नेता कट्टेलले बताए। पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्यद्वय हरि काफ्ले र जुद्धविलाश भण्डारी लगायतको उपस्थित रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार