गोरखा। नेकपा माओबादी केन्द्र गोरखाले बिभिन्न जनबर्गिय संगठनहरुमा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ ।

जिल्ला पार्टी कार्यालय पाटेचौरमा शनिबार बसेको जिल्ला कमिटीको बैठकले पार्टी निकट बिधार्धी संगठन अनेरास्वबियूको इन्चार्जमा लोकप्रसाद बन्जरालाई तोकेको छ ।
त्यसैगरी बुद्धिजिवी संगठनको इन्चार्जमा जगन्नाथ खनाललाई चयन गरेको पार्टीका कार्यालय सचिव अंकुर तिमल्सिनाले जानकारी दिए ।
बैठकले किसान संगठन इन्चार्जमा कृष्ण धौराली, पत्रकार इन्चार्जमा अंकुर तिमल्सिना, अखिल नेपाल महिलासंंघ क्रान्तिकारीको इन्चार्जमा कमला नर्हकी, शिक्षक संगठनको इन्चार्जमा धुब्र भट्ट, शहिद तथा बेपत्ता संगठनको इन्चार्जमा बिष्णु भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै उद्योग बाणिज्य संगठनको इन्चार्जमा गोर्बधन श्रेष्ठलाई दिएको छ भने बाइसिल इन्चार्ज र निर्माणको अन्र्तगतको संगठन भने कार्यालय हेर्ने निर्णय भएको तिमल्सिनाले बताए । बैठकले बिभिन्न ११ वटा जातिय मोर्चाको इन्चार्ज समेत तोकेको छ ।
जसअन्र्तगत दलित मोर्चाको इन्चार्जमाा दिलबहादुर सेन्चुरी, दराई तथा कुमाल मोर्चाको इन्चार्जमा रामचन्द्र सेडाई, चोपाङ मोर्चाको इन्चार्जमा कृष्ण चेपाङ, नेवा मोर्चाको इन्चार्जमा गोर्वधन श्रेष्ठ, तामङ मोर्चाको इन्चार्ज धना तमु, भुजेल मोर्चाको इन्चार्जमा दिपक देवकोटा तथा भोटे लामा मोर्चाको इन्चार्जको जिम्मेवारी निमा लामालाई दिने निर्णय गरेको छ ।
बैठकले जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गाउँपार्टी कमिटिको बैठक तत्काल सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
