• शनिबार, साउन ९ २०८३

विछोड…


शनिबार, चैत्र १४ २०७७
2.9K
Shares

हरि हरपल
यी हरफहरु लिपिवद्ध गर्न मन लाग्छ तर यसको अर्थ पनि देख्दिन म । अनयास र अञ्जानमै बसेको माया दुधे बालक र आमा बिचको बिछट्टै मायाको रुपमा दिनदिनै टुसा पलाउदै गएको छ । टाढा हुँदा वा नजिक हुंदा उनलाई नदेख्दा मेरो मन केही नपाएजस्तो केही गुमाएजस्तो र केही हराएजस्तो हुन्छ ।

म उनीबाट टाढा हुंदा मेरो मन दुधे बाच्छो माउबाट छल्लिए जस्तो हुन्छ । र जब उनलाई भेट्छु बानेर राखेको बाच्छो दुध खान जांदाको अनुभुति हुन्छ । याद यो मेरो मात्र हो । साच्चेै उनको कुरा गर्नै हो भने यो भन्दा बढि उनको माया छ । सायद उनी यो कुरा विश्वास नगर्लिन् तर उनको आँखाहरु र ओठहरु यही भनिरहेका हुन्छन् ।

जीवन मेरो छोटो छ र भाग्य मेरो खोटो छ उनको पनि यही हो । उनलाई चाहेर पनि म आफ्नो हो भन्न सक्दिन । अब दिनदिन उनी म बाट टाढा हुदैछिन् । नत उनलाई छुट्ने मन छ नत मलाई नै । नचाहेर पनि हामी सधै संगै हुन सक्दैनौ । यो छोटो समयमा उनी मसंग केके केके भन्छिन् म नबुझे जस्तो र बुझेर पनि बुझ पचाए जस्तो गरी नाटक मञ्चन गर्दैछु । उनी जाने दिन गन्छिन् र प्रताडित स्वरमा भन्छिन् …………..फोन त गर्नु ल रु म बोल्न खोज्छु, मेरो जवाफ छैन किनकी उनीसंग म पनि छुट्न चाहन्न । फेरी हाम्रो मिलन पनि संभव छैन यो ध्रुवसत्य हो ।

कोहिली जस्तो स्वर तिम्रो, मयुरको जस्तो चाला भनेर उनको बयान गर्दिन म । शारिरीक शुन्दरता प्रति आकर्षित भएर गरिने प्रेम, रुप हेरेर गरिने प्रेम धोकेवाजको संज्ञा हो । सामान्य शारिरीक आकर्षण बिकर्षणको खेल त पशुहरुमा पनि भईहाल्छ । संभवत उनको पवित्र आत्माले इतिहांस रच्न खोजेको छ तर यो पक्का हो उनको इतिहांस कालो छ या त यो उनको विवशता वा त वाध्यता ।

आज पनि दिन गन्दैछिन् अव चांडै छुट्ने दिन आयो, फेरी भन्छिन् म अव यहाँ कहिल्यै पनि आउदिन । यो छोटो समयमा उनी धेरै कुरा गर्न चाहन्छिन् । उनको चाहनामा म अनेक वाहना बनाउछु म पनि सपनी र कल्पनीको स्वप्नमा चुर्लुम्म डुब्छु । अनि के के के के सोच्छु तर उनी म भन्दा धेरै सोच्छिन् मेरो बारेमा । उनीबाट टाढा हुने त मन मेरो पनि थिएन तर नियतीले नै ठगेपछि कस्को के नै लाग्छर । संभवत बांकी दिनमा अझ धेरै संझिनेछिन् ।

दोष यहाँ कसैको छैन । दुई चार बर्ष चाडै जन्मनु उनको दोष हो या दुईचार वर्ष ढिला जन्मनु मेरो आभिषाप हो । यही दुविधा र दोधारे मनमा हामी रुमल्लिरहेका छौ । उनको कुराले मेरो जीवनको पलपलमा मायाको पाउला पलाएको छ तर यसलाई मलजल गर्न म मात्र बाध्य छु । उनीसंग भेट भयो यसमा मेरो कृतज्ञता छ तर छुट्नुपर्दा धेरै कौतुहलता जन्माईदिएको छ ।

यो छोटो समयमा कहिले डेटिङ र कहिले केके काली अनि कुनकुन ठाउंको कल्पनामा उनी चुर्लुम्म डुब्दै पिज्जा र मो.मो. को स्वाद नै उनको लागि अविष्मरणीय छ तर यो कल्पना मात्रै हो सायद । उनीसंग चाहेर पनि म संगै हुन सक्दिन हामीलाई नियतीले नै ठगेको छ ।

खै के कुरामा आकर्षित छिन् उनी थाहा छैन, किन लठ्ठ पर्छिन् उनी त्यो पनि थाहा छैन र किन हाम्रो संयोग वियोगमा परिणत हुदैछ उनी यो पनि थाहा छैन जस्तो गर्छिन् । यो उनको अबुझपना हो । हुन त माया आफैमा ठुलो चिज हो र पुर्णता पनि । कसैलाई मन पराउनको लागि माया लागे नै पुग्छ जसमा अन्य कुराहरु गौण हुन जान्छन् ।

उनको लागि म मृग हो । म कस्तुरीको बास्ना सुघ्दै लठ्ठ पर्दै यत्रतत्र कस्तुरी खोज्दै हिड्छु र उनलाई भेट्छु । संभवत मेरो कस्तुरीको वास्ना उनले पनि थाहा पाउछिन् तर उनको लागि यो वास्ना घात हो । जव उनी मेरै छेउ आईपुग्छिन् उनको लागि यो कस्तुरी पलांसको फूल हो जसको कुनै वास्नै छैन, सुगन्धै छैन र शोभा पनि । र मेरो लागि उनी कालो गुलावको प्रतिक हुन् जहाँ उनी र म बिचको भावी दिन कालो गुलावले स्पष्ट पारिदिएको छ ।

उनको र मेरो आजसम्म साथी भन्दा माथी कुनेै पनि सम्बन्ध छैन र भोलि पनि जोड््न नसकिने भन्ने होईन तर जोडेर पनि कसैको आत्माको घात हो र शिषिर ऋतुमाथि बज्रपात हो । जुन हामी दुबैलाई थाहा छ ।

शालिन स्वभाव, मधुर मुस्कान, समझदारी, इमान्दारी, बफादारी, र जिम्मेवारीपना उनको गहना हो मेरो लागि । खै उनी मेरो के देखेर मख्ख पर्छिन म अनविज्ञ नै छु यस सम्बन्धमा । नत उनले मलाई भन्छिन्, नत मैले नै सोधेको छु ।

अव छिट्टै छुट्दै छौ हामी । त्यो पिडाले मेरो हृदय छियाछिया बनाएको छ । म नचाहेर पनि यो भन्न बाध्य छु र चाहेर पनि देखाउन सक्दिन मेरो छिया छिया भएको हृदय । जसको लागि म छिया छिया भएको हृदय लिएर बसेको छु उसैको हातबाट मलम लगाउन नपाउंदा मेरो हृदयको घाउमा नुन छरे समान भएको छ ।

वास्तवमा म उनी वाट धेरै टाढा छु र उनी म बाट धेरै टाढा भईसकेकी छिन् । म छिया छिया भएको हृदयमा अन्तिम श्वास लिई उनको पर्खाईमा छु । उनी मेरो लागि औषधी हुन् तर Date expired जुन मेरो लागि बिष समान छ । प्यारी सक्छ्यौ भने मलाई त्यही औषधी (बिष) खुवाएर बिदा गरिदेउ अर्को जन्ममा उतै संगै भेटौला, संगै बसौला, संगै घुमौला, संगै हिडौला, तिम्रो मनको अनेकौ चाहना पुरा गरौला र मेरो पनि भावनालाई तिमिले बुझ्यौ । यसैमा तिम्रो उन्नती र मेरो कल्याण पनि ।

अन्जान र अनयासैमा बसेको माया टुसा पलाउदा पलाउदै त्यत्तिकै आलप हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार