• मंगलबार, साउन १२ २०८३

पत्रकार महासंघ गोरखाकाे अध्यक्षमा युनियनले नरहरी सापकोटालाई उठाउने


शनिबार, चैत्र १४ २०७७
1.1K
Shares

गोरखा । नेपाल प्रेस युनियन गोरखाले पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

युनियनको आज शनिबार बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

हाल महासंघको जिल्ला सचिव रहेका सापकोटा युनियनका गोरखा उपाध्यक्ष समेत हुन ।

शनिबार नै युनियनले एक अपिल पत्र जारी गर्दै केन्द्रमा भएको सहमती र एकतामा अनुसार युनियनको नेतृत्वलाई सर्वसम्मत बनाउन अन्य संघ, संगठनहरुलाई समेत सहयोग गर्न आह्वान गरेको छ ।

‘पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारहरुको हकहित एवं स्थानीय मिडियाको विकास, नागरिक अधिकार र लोकतन्त्रको पक्षमा वकालत, पैरवी र नेतृत्व आजको आवश्यकता हो ।’ युनियनका अध्यक्ष नरेन्द्र ढकालद्धारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ गोरखा शाखाको गौरवपूर्ण ऐतिहासिक भुमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सम्पूर्ण पेशागत संघ, संगठन, ब्यवसायिक पत्रकारहरुवीच बृहत्तर एकता कायम गरी अघि बढ्न नेपाल प्रेस युनियन गोरखा हार्दिक अपिल गर्दछ ।’

नेपाल पत्रकार महासंघको अधिवेशन आगामी चैत २५ हुदैछ ।

हेर्नुस अपिल पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार