• आइतबार, असोज ११ २०८३

कोरोना संक्रमणका कारण एमाले अध्यक्ष रोकायाको निधन


शुक्रबार, चैत्र १३ २०७७
825
Shares

नेकपा—एमालेको डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणका कारण निधन भएको छ।

आज बिहान पाटन अस्पतालमा रोकायाको निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए।

रोकाया दुई सातादेखि पाटन अस्पतालमा उपचारत थिए । नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा रोकाया अन्त्येष्टी गर्दैछन् ।

शाहीका अनुसार रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो। उनका अनुसार एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए।

३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

शाहीका अनुसार उनी ६० वर्षका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार