• आइतबार, असोज ११ २०८३

संविधान संशोधन मुद्दालाई सत्ता—स्वार्थको साधन नबनाइयोस् : बाबुराम भट्टराई


शुक्रबार, चैत्र १३ २०७७
800
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःसर्त तुरुन्त रिहाइ गर्न माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेका बेला त्यस पार्टीका एक शीर्ष नेता डा. भट्टराईले आफ्ना मुद्दालाई सत्ता—स्वार्थनिम्ति मोलतोलको साधन नबनाउन चेतावनी दिएका हुन्।

थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ।

‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरुन्त र निःसर्त गर। थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर,’ शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो। यो क्षणिक सत्ता—स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार