• मंगलबार, साउन १२ २०८३

गोरखामा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी वीच समायोजन


शुक्रबार, चैत्र १३ २०७७
685
Shares

गोरखा । राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी बिच गोरखा नगरपालिकामा समायोजन भएको छ ।

उक्त दुई पार्टीको गोरखा नगरपालिका भित्रका नेता कार्यकताहरुको भेलाले उपेन्द्र देवकोटाको अध्यक्षतामा ७७ सदस्सिय नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्ण अर्याल, सूर्य गुरुङ्ग, सचिवमा रामभक्त खनाल, सहसचिवमा सविता खत्री (कैनी) र कोषध्यक्षमा कर्णबहादुर गुरुङ्गलाई चयन भएका छन् ।

भेलाले २७ सदस्य नगर सचिवालय गठन गरेको नवगठित किमिटीका अध्यक्ष उपेन्द्र देवकोटाले बताए ।

उक्त अबसरमा पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुुमाल, गोरखा जिल्ला अध्यक्ष नारायण खत्री, नगर अध्यक्ष उपेन्द्र देवकोटा, नगर सचिव रामभक्त खनाल लगायतले सम्बोधन गरेका थिए ।

जिल्लामा ११ स्थानीय तह मध्ये बारपाक सुलिकोट गाउँपालिकामा मात्र एकता प्रक्रिया टुङ्ग्याउन बाँकी रहेको जसपा गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार