• मंगलबार, साउन १२ २०८३

ओलीले बोलाए एमाले संसदीय दलको बैठक


बिहिबार, चैत्र १२ २०७७
690
Shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुने उनले बताए ।

बालुवाटारमा हुने संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरू उपस्थित हुनेरनहुने टुङ्गो छैन। बालुवाटारमा हुने बैठकमा सहभागी नहुने नेता नेपालले बताउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार