• मंगलबार, साउन १२ २०८३

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत


बुधबार, चैत्र ११ २०७७
755
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए ।

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार