• मंगलबार, साउन १२ २०८३

एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा


बुधबार, चैत्र ११ २०७७
1K
Shares

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएको हो ।

उपमहासचिव विष्णु पौडेलले धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको जानकारी दिए । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमै नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्ने बताइन् । एमालेको पार्टी कार्यालय रहने भवनमा यसअघि यूएन वुमेनको नेपाल कार्यालय रहेको थियो ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन अर्थात आगामी वैशाख ९ गते बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार