• मंगलबार, साउन १२ २०८३

नेपाली जनसम्पर्क समिति कतारको सभापतिमा मोहम्मद अजिज निर्वाचित


मंगलबार, चैत्र १० २०७७
985
Shares

नेपाली कांग्रेसको प्रवास स्थित निकाय नेपाली जनसम्पर्क समिति कतारको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सभापतिमा मोहम्मद अजिज अलिको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनका बिशिष्ठ अतिथिहरु कांग्रेस महामन्त्री डा. शशांक कोईराला केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी केन्द्रीय सदस्य एनपी साउद नेपाली राजदुताबास कतारका दित्तीय सचिव प्रविन भट्टराईले सम्बोधन गरेका थिए।

कार्यक्रममा नेपाली दुताबासका दित्तीय सचिवले बर्तमान कोभिड १९ को अवस्था कतार सरकार र स्वास्थ्य संगठनको निर्देशित कानुनको दायरामा रहेर नेपाली समुदायले आफ्ना गतिबिधि गरेको बताए ।

जनसम्पर्क समिति कतारका अधिवेशन प्रतिनिधिहरु र विश्वभरिका जनसम्पर्क समितिका सभापतिहरु दोहाका बैचारिक संस्थाका प्रमुख एनआरएनए आइसीसी र एनसीसी, पत्रकार महासंघ र सामाजिक संस्थाका प्रमुखहरु भर्चुअल कार्यक्रममा जोडिएका थिए।

कार्यक्रमको बन्द सत्रबाट सभापति अजिज अलि सहित उप—सभापतिहरुमा ठाकुर कुमार परियार, राम कुमार मण्डल र अर्जुन चापागाई चयन भएका थिए। त्यस्तै महामन्त्रीमा केदार भुसाल र अबु अलि, सहमहामन्त्रीमा भोजबहादुर साउद र खगेन्द्र खनाल, कोषाध्यक्षमा केदार शर्मा र सह—कोषाध्यक्षमा महेश्वर मण्डल निर्बिरोध निर्वाचित भएका छन।

त्यसै गरि समितिको सदस्यहरुमा शिवराज गौतम, रामेश्वर मण्डल, छबिलाल भट्टराइ, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अलि, दिपजंग शाह, कृष्ण पन्थी, मो. इन्दाज आलम, बसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र ईशिलाल पण्डित रहेका छन त्यसै गरि प्रदेश नम्बर २ को संयोजक शेख हनिफ मिया ३ को संयोजक डेग बहादुर भारती ४ को बिकाश भुजेल ५ को कृष्ण शाह ७ को नरेश जैसी रहेका छन ।

अधिवेशनले नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ। सभापति अजिज अलि, संस्थापक सभापति नरेन्द्र भाट र संस्थापक महामन्त्री बिमल सुवेदी महासमिति सदस्य रहेका छन भने महाधिवेशन प्रतिनिधिहरुमा क्रान्ति सिंह, शंकर न्यौपाने, प्रविन गुरुङ र राजु रेग्मी (राज) रहेका छन ।,

निर्वाचन समितिका संयोजक धन बहादुर बलायरले प्रमाणपत्र पत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार