• मंगलबार, साउन १२ २०८३

विपक्षी दलहरुले प्रतिगामी सरकारविरुद्ध पहल लिन ढिला नगरौँ : बाबुराम भट्टराई


मंगलबार, चैत्र १० २०७७
675
Shares


जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन ढिलाई गर्न नहुने बताएका छन् ।

उनले विपक्षी दलहरुले प्रधानमन्त्री ओली सरकारविरुद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढिरहेको पनि टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टीले अगुवाई नगर्ने र कांग्रेस प्रतिपक्षमा नै बस्ने बताएपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईको यस्तो टिप्पणी आएको हो । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।

डा.भट्टराईले लेखेका छन्–‘पहले आप,पहले आप’ भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ ! सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो ! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं !‘

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार