• मंगलबार, साउन १२ २०८३

देउवाले कड्किदै भने : विपक्षी पार्टी भनेको सुन्नु भएन ?


मंगलबार, चैत्र १० २०७७
620
Shares


बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफूहरुले हतार नगरेको बताएका छन् ।

तर जिम्मेवारी आए नभाग्ने बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।

पत्रकारहरुले भने सरकारमा कहिले जाने रु अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।

ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने कांग्रेस सभापति देउवा रिसाए । उनले कड्किदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’

त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी ! जानुस्’ भन्दै उठेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार