• मंगलबार, साउन १२ २०८३

बालुवाटारमा प्रधानमन्त्री र जसपा नेताहरूबिच भेटवार्ता


मंगलबार, चैत्र १० २०७७
585
Shares

काठमाडौं । सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टीका नेताहरू नेकपा एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन् ।

जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाउँदै आएको छ।

प्रधानमन्त्री, माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि जसपा छलफलमै छ। यद्यपी निचोड निस्किसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार