• मंगलबार, साउन १२ २०८३

सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकनमा जाने माओवादी केन्द्रको तयारी


मंगलबार, चैत्र १० २०७७
650
Shares

काठमाडौं । नेकपाको एकता खारेज गरेर एमाले केन्द्र र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने तयारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । ‘पुनरवलोकनमा कहिले जाने रु केके विषय उठाएर जाने रु भन्ने विषयमा छलफल भएको छ’, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘कहिले भन्ने छ । कहिले भन्ने पार्टीले निर्णय गर्ला ।’

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार