काठमाडौं । माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ।
एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वर रिजालले बताए।


पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले बतायो।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।
फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन।