• आइतबार, असोज ११ २०८३

थप चारवटा पर्वमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


सोमबार, चैत्र ९ २०७७
815
Shares

काठमाडौं । सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। ०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन गर्ने तयारी छ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ।

प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर चाडपर्वका बिदा थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सधैँ दिइँदै आएका अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार