• मंगलबार, साउन १२ २०८३

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान


सोमबार, चैत्र ९ २०७७
740
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि सोमबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्।

बिहान नेपाल एअरलाइन्सको उडानमार्फत भण्डारी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका छन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि ढाका गएकी हुन्।

राष्ट्रपति भण्डारीको सवारीका लागि बिहान शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मको सडक खाली गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार