• मंगलबार, साउन १२ २०८३

ओलीले शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाइँदैछ : बाबुराम भट्टराई


आइतबार, चैत्र ८ २०७७
1.1K
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान ट्वीट गर्दै भट्टराईले ओली हिटलर शैलीमा सत्ता चलाइरहेको आरोप लगाएका हुन् ।

शनिबारको एमाले संसदीय दल र केन्द्रिय समिति बैठकले विधान संशोधन गरेर प्रधानमन्त्री ओलीलाई थप शक्ति दिने निर्णय गरेको थियो । सो निर्णयप्रति लक्षित गरेर पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओली प्रवृत्तिविरुद्ध टिप्पणी गरेका हुन्

पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखेका छन् हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ। किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन। किनकि कोही पनि बाँकी थिएन!’ ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होसियार !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार