• मंगलबार, साउन १२ २०८३

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा


शुक्रबार, चैत्र ६ २०७७
890
Shares

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको खरेल निकट स्रोतले जानकारी दिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार