• मंगलबार, साउन १२ २०८३

एमाले संसदीय बोर्ड गठन, झलनाथ र माधवसमेत मनोनित


बिहिबार, चैत्र ५ २०७७
675
Shares

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकले बोर्डमा रहने २४ जनाकै नाम टुंगो लगाएको हो । खनाल र नेपाल समूहले बैठक बहिस्कार गरेपनि बोर्डमा राखिएको छ ।

बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ।

त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।

बैठकले २७ सदस्यीय संसदीय बोर्डका थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसमा खनाल—नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार