• मंगलबार, साउन १२ २०८३

बालुवाटार हिँडेका खनाल—नेपाल पक्षका सांसद बाटोबाटै फर्किए


बिहिबार, चैत्र ५ २०७७
725
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार हिँडेका नेपाल–खनाल पक्षका सांसदहरु बाटोबाटै फर्किएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद सिंहदरबारबाटै फर्किएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो।

एक सांसदले दिएको जानकारीअनुसार ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किएका हुन्।

आज खनाल(नेपाल पक्षका सांसदहरूले होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका थिए।

तर आज राष्ट्रिय भेला पनि भएकोले संसदीय दलको बैठकमा नजाने निर्णय भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार