• मंगलबार, साउन १२ २०८३

नेपाल पक्षका सांसदहरुको छुट्टै भेला


बिहिबार, चैत्र ५ २०७७
625
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् ।

ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।

ओलीले बालुवाटारमा दलको बैठक बोलाएका छन् । एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार