• मंगलबार, साउन १२ २०८३

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई पनि खबर


बिहिबार, चैत्र ५ २०७७
755
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा पार्टीका सबै सांसद (नेपाल पक्षका सांसद पनि) लाई जानकारी गराइएको उनले बताएका छन्।

नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको छ । तर, माधव नेपाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार