काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।
महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो ।

महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने विष्टले जनाए।