• मंगलबार, साउन १२ २०८३

सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एक भारी छन् : नेपाल


बुधबार, चैत्र ४ २०७७
895
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्र भएको विग्रह र वितण्डाको जिम्मा ओलीले नै लिनु पर्ने बताए।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए।

‘यो स्थिति उत्पन्‍न हुनुमा अरु कोही होइन पार्टी अध्यक्ष केपी शर्मा ओली जी, सबै बितण्डाको निम्ति उहाँ नै जिम्मेवार हुनुपर्छ । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी छन् ।’

साइबर स्यालहरु ज्युँदै रहेछन् भन्दै टिप्पणी पनि गरे । उनले भने ‘यो साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । अहिले पनि बाचिँरहेकै रहेछन्, अब एमालेले पुनर्जीवन पाइसकेपछि पनि ज्यूँदै रहेछ । साइबर स्यालदेखि होसियार !’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार