• मंगलबार, साउन १२ २०८३

चक्रवर्ती बादसाह बन्ने सपनाबाट ओली पछि हट्ने छाँटकाँट देखिएन : बाबुराम भट्टराई


बुधबार, चैत्र ४ २०७७
640
Shares

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली चक्रवर्ती बादसाह बन्ने सपनाबाट पछि नहटेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली कुनै न कुनै बहानामा सत्तामा टिकिराख्न चाहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्दै सद्दाम हुसेन, परबेज मसर्रफ र हुन सेन शैलीमा चुनाव गराएर आफू चक्रवर्ती बादसाहको रुपमा बस्न चाहेको भट्टराईले आरोप लगाएका छन् ।

भट्टराईले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,परबजे मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्ररसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ! ’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार