• आइतबार, असोज ११ २०८३

राष्ट्रिय कार्यकर्ता भेला सुरु, झलनाथ खनालले गरे अध्यक्षता


बुधबार, चैत्र ४ २०७७
860
Shares

काठमाडौंं । नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा सुरु भएको छ।

भेलाको अध्यक्षता एमालेका वरिष्ठ नेता खनालले गरेका छन्। ११ बजे सुरु हुने भनिएको भेला १२ः१५ बजेबाट मात्रै सुरु भएको हो।अहिले भेलालाई वरिष्ठ नेता खनालले सम्बोधन गरिरहेका छन्।

आयोजकहरुले सो भेलाका लागि देशभरबाट झण्डै ३५ सय सहभागी आइपुगेको दावी गरेका छन्।

नेपाल–खनाल समूहले प्रधानमन्त्रीको कदमबारे छलफल गरेर आगामी यात्रा तय गर्नका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार