• आइतबार, असोज ११ २०८३

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर


बुधबार, चैत्र ४ २०७७
845
Shares


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेको हो।

जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।

जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो।

तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्।

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार