• सोमबार, भाद्र १ २०८३

राष्ट्रपतिको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल पनि नजाने


मंगलबार, चैत्र ३ २०७७
920
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पनि सहभागी नहुने भएका छन्।

यस अघिनै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्यका कारण सहभागी नहुने बताएका छन्।

भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता जान नपाउने भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार