• आइतबार, असोज ११ २०८३

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड


मंगलबार, चैत्र ३ २०७७
835
Shares

नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै कायम गर्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दल नेता कायम राख्ने निर्णय गरेको सांसद वर्षमान पुनले जानकारी दिए।

सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो।

उक्त बैठकले दलको नेता प्रचण्ड र सचेतकमा देवप्रसाद गुरूङलाई नै कायम गर्ने निर्णय गरेको सांसद पुनले बताए।

राष्ट्रिय सभामा दलको प्रतिनिधि नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको पनि उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार